काँग्रेस केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक सानेपामा
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक डाकेको छ । बैठक पर्सि बुधबार पार्टी मुख्यालय सानेपा, ललितपुरमा बस्ने जनाइएको छ ।
काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न बैठक आह्वान गरिएको हो ।
संसदीय दलको बैठक प्रायः संसद भवन, नयाँ बानेश्वर वा संसदीय दलको कार्यालय, सिंहदरबारमा राख्ने गरिन्छ । यस पटक संयुक्त बैठक भएकाले पार्टी मुख्यालयमा बुधबार बिहान ११ बजे राखिएको जानकारी दिइएको छ ।
टिप्पणीहरू