भारतीय उम्मेदवार मतदानअघि माइतबाट फिर्ता
लोकसभा निर्वाचनमा सत्तारुढ भारतीय जनता पार्टी बिजेपी उम्मेदवार माला राज्यलक्ष्मी शाह काठमाडौंस्थित माइतबाट आज नयाँ दिल्ली गएकी छन् । उनी भिस्तारा एअरलाइन्सको उडान नम्बर युके १५८ मा मध्यान्ह १२ बजे त्यता गएकी हुन् ।
उनी उत्तराखण्ड राज्यको टिहरी गढवाल निर्वाचन क्षेत्रबाट यसअघि पनि निर्वाचित सांसद हुन् । माला हाल भाजपा नेतृ र भारतमा विलय भएको टेहरी गढवाल राज्यको रानी (उपाधी) पनि हुन् ।
मालाराज्य लक्ष्मीको जन्म २३ अगस्ट १९५० मा काठमाडौंको थापाथली दरबारमा भएको थियो । उनको २५ वर्षको उमेरमा टिहरी गढवालका महाराजा मनुजेन्द्र शाह साहिब बहादुरसँग विवाह भएको थियो ।
काठमाडौंको रत्न राज्य लक्ष्मी क्याम्पसमा उच्च अध्ययन गरेकी मालाका पिता स्वर्गीय माननीय जनरल अर्जुनसमशेर जंगबहादुर राणा र माता स्वर्गीय रानी विन्दुदेवी राणा हुन् । उनी पूर्व टिहरी शाही परिवारका सन्तान मानवेन्द्र शाहकी बुहारी हुन् । जो विगतमा आठ पटक लोकसभामा विजयी भएका थिए ।
टेहरीमा सातौं चरणको निर्वाचनअन्तर्गत जेठ १९ गते शनिबार मतदान हुँदैछ ।
टिप्पणीहरू