इलाममा आत्मनन्दको धङधङी सकिएकै हो ?

इलाममा आत्मनन्दको धङधङी सकिएकै हो ?
सुन्नुहोस्

माङसेबुङ गाउँपालिकास्थित लारुम्बा (माङसेबुङ) किराँत धर्मावलम्बीको आस्थाको केन्द्र । तर, पछिल्लो समय राजनीतिक केन्द्रबिन्दुको रूपमा समेत चर्चामा आउने गरेको छ । धर्मगुरु आत्मनन्द लिङ्देनको आश्रम रहेको लारुम्बा सबै दल र तिनका नेताहरूको आकर्षणको केन्द्र बनेको छ । 

नयाँ दलका नेतासमेत लारुम्बा धाउने गरेका छन् । यहाँ दल र नेताको आकर्षण रहनु भनेको धर्मगुरुको राजनीतिक चासो, अझ विशेष गरी निर्वाचनमा सहयोग र समर्थन लिनु हो । 

विगतजस्तै यसपटक वैशाख १५ को उपनिर्वाचनमा पनि उम्मेदवार र दलका नेताहरूको लावालस्कर नै लाग्यो लारुम्बातिर । तर, गुरुको समर्थन र सहयोग भने पहिचानवादीको रूपमा उठेका डकेन्द्रसिंह थेगिम किराँत धर्म तथा साहित्य उत्थान संघमा लामो समयदेखि अध्यक्ष छन्, यसै कारण पनि उनले गुरुको समर्थन पाए । यस्तै माङसेबुङ गाउँपालिका–५, जहाँ गुरुको आश्रम छ त्यहाँ थेगिमले खसेको मतको ८७ प्रतिशत मत प्राप्त गरे ।

थेगिमले १ हजार ३२ मत ल्याउँदा एमाले उम्मेदवार सुहाङ नेम्वाङले ६९ मत, कांग्रेस उम्मेदवार डम्बर खड्काले ४९ मत मात्र पाएका थिए । यसले पनि गुरुको समर्थन र सहयोग यसपटक पहिचानवादी उम्मेदवार थेगिमलाई थियो भन्न सकिन्छ । गत स्थानीय तह निर्वाचनमा पनि गुरुको उम्मेदवारले वडाध्यक्ष र सदस्य जितेको थियो । गुरुको समर्थन लिनका लागि एमाले र कांग्रेसले भने सो वडा उनैलाई वाकओभर दिएको हो । 

लारुम्बालाई प्रायः सबै दल र उम्मेदवारले भोट बैंकको रूपमा प्रयोग गर्न खोजे पनि गुरुको भने हरेक निर्वाचनमा आफ्नै उम्मेदवार रहने गरेको पाइन्छ । अघिल्लो निर्वाचनहरूमा जनमुक्ति पार्टीलाई गुरुको समर्थन रहँदै आएको देखिन्छ भने यसपटक त जनमुक्तिले समेत थेगिमलाई समर्थन गरेको थियो । यसपटक रवि लामिछाने पनि आशीर्वाद लिन लारुम्बा पुगे । तर, गुरु आश्रम रहेको वडाबाट घण्टीले ३ मत मात्र पायो । 

धर्मगुरु आत्मनन्दले समर्थन गरेको दल र उम्मेदवारले वडाबाहेक अहिलेसम्म विजय हासिल गर्न सकेको छैन । यसपटक पनि थेगिमले जम्मा ११ हजार ४५७ मत ल्याएर तेस्रो स्थानमै चित्त बुझाउनुपर्‍यो । यसपटक समेत गुरुको समर्थन प्राप्त  उम्मेदवार प्रतिस्पर्धामा आउन नसकेपछि निर्वाचन जित्न किराँत गुरु आत्मनन्दको समर्थन चाहिन्छ भन्ने धङधङी हटेको देखिन्छ ।

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू