चित्रबहादुरको स्पष्ट अडान-नीति तथा कार्यक्रमलाई समर्थन गरिन्न

चित्रबहादुरको स्पष्ट अडान-नीति तथा कार्यक्रमलाई समर्थन गरिन्न
सुन्नुहोस्

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सहकारी ठगलाई जोगाएर सरकारले लोकतन्त्रमाथि आक्रमण गरेको आरोप लगाएका छन् । 

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको अवरोधका बीच प्रतिनिधि सभा बैठकमा शुरु भएको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले त्यस्तो भनाई राखेका हुन् । केसीले सहकारी ठगेर मुलुकलाई बर्बाद पार्नेहरुलाई जोगाउने षड्यन्त्र भैरहेको भन्दै आक्रोशसमेत व्यक्त गरे । 

उनलाई बोल्न रोष्टममा बोलाइएको भए पनि आफ्नै आसनबाट संक्षिप्त भनाई राखे ।

त्यस क्रममा उनले नीति तथा कार्यक्रमलाई आफ्नो पार्टीले समर्थन नगर्ने बताए ।

‘सहकारीमा ठगेर मुलुकलाई बर्बाद पार्नेहरुलाई सत्तापक्षले जोगाउन जुनखालको षड्यन्त्र गरिराखेको छ, यो लोकतन्त्रमाथिको आक्रमण हो । गणतन्त्रमाथिको आक्रमण हो', उनले भने, 'त्यसकारणले सत्ताधारीको जुन दुर्दशा छ,यसको राष्ट्रिय जनमोर्चाले घोर विरोध गर्छ । र,यो नीति,कार्यक्रमलाई समर्थन गर्दैन । विरोध गर्छ ।’

प्रमुख प्रतिपक्षसहित विपक्षी दलका सांसदहरुले वेल घेराउ गर्दै नाराबाजी गरिरहेको अवस्थामा सभामुख देवराज घिमिरेले नीति कार्यक्रममाथि छलफल गराएकोप्रति पनि केसीले असन्तुष्टि जनाए । उनलाई बोल्न रोष्टममा बोलाइएको भए पनि आफ्नै आसनबाट संक्षिप्त भनाई राखे ।

टिप्पणीहरू