गणतन्त्र दिवसको अवसरमा टुँडिखेलमा विशेष कार्यक्रम (तस्वीरहरु)

गणतन्त्र दिवसको अवसरमा टुँडिखेलमा विशेष कार्यक्रम (तस्वीरहरु)
सुन्नुहोस्

आज गणतन्त्र दिवस । २०६५ जेठ १५ गते जननिर्वाचित पहिलो संविधानसभाबाट निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था घोषणा भएको दिन । यस अवसरमा आज देशभर विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस भव्यरुपमा मनाइंदै छ । 

गणतन्त्र दिवसको उपलक्ष्यमा काठमाडौंको टुँडिखेलस्थित सैनिकमञ्चमा विशेष समारोह आयोजना गरिएको छ । समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाल लगायत विशिष्ट व्यक्तिहरु सहभागि छन् ।

सो अवसरमा नेपाली सेनाको हेलिकप्टरले गणतन्त्र दिवस–२०८१ लेखिएको ब्यानर प्रदर्शन र पुष्पवृष्टि गर्नुका साथै सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले मार्चपास गरे । समारोहमा नेपालको मौलिक कला र संस्कृति झल्कने झाँकी पनि प्रदर्शन गरिएको छ।

टिप्पणीहरू