सहकारी घोटाला छानविनको नेतृत्व सूर्यबहादुरले गर्ने

सहकारी घोटाला छानविनको नेतृत्व सूर्यबहादुरले गर्ने
सुन्नुहोस्

सहकारी समस्याबारे अध्ययन गर्न संसदीय विशेष समिति गठन भएको छ । 

आज साँझ बसेको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले गरेको समिति गठनको प्रस्ताव सभाले अनुमोदन गरेको हो । ७ सदस्यीय समितिका सदस्यहरुको नाम पनि बैठकले पारित गरेको छ ।

एमाले सांसद सूर्यबहादुर थापाको सभापतित्वमा गठित समितिमा ईश्वरीदेवी न्यौपाने, ध्रुवबहादुर प्रधान, बन्द्री पाण्डे, लेखनाथ दाहाल, शिशिर खनाल, सरिता भुसाल सदस्य रहेका छन् ।

छानबिन समितिको कार्यादेश आज दिउँसो बसेको कार्यदलको बैठकले टुंग्याएको थियो । समितिलाई प्रतिवेदन बुझाउन ३ महिनाको समय दिइएको छ ।

टिप्पणीहरू