गण्डकीमा दुई मन्त्रीको शपथ ग्रहण हुँदै

गण्डकीमा दुई मन्त्रीको शपथ ग्रहण हुँदै

गण्डकीमा आज नियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारमा दुई मन्त्री नियुक्त भएका छन् । काँग्रेस संसदीय दलका नेता समेत रहेका पाण्डेले काँग्रेसबाटै विन्दुकमार थापा र टकराज गुरुङलाई मन्त्री नियुक्त गरेका हुन् । 

थापालाई सामाजिक विकास मन्त्रालय र गुरुङलाई आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी दिइएको छ । 

नवनियुक्त मन्त्रीहरुले केहीबेरमा सपथ लिँदैछन् ।

टिप्पणीहरू