शंकास्पद पात्रहरु नेपाल आउँदै सट्याकसुटुक

शंकास्पद पात्रहरु नेपाल आउँदै सट्याकसुटुक

‘कमिलाको ताँतीमा हात्तीको प्रवेश’ भनेजस्तो सानो दर्जाका कर्मचारी भर्ना गर्नु छ, चलखेलचाहिँ निक्कै ठूलो ! गुप्तचरतिर केही कनिष्ट कर्मचारी भर्ती हुने क्रम चलेको छ । तर, यति सानो कुरामा पनि ठूला–ठूला चलखेल चर्काे छ । परिचरमा दुई र बडीगार्डमा १६ सहित १८ जना माग भएको छ । उनीहरुले प्रहरीकै पोशाक लगाएर काम गर्छन् । नेपाल प्रहरी ऐनको दफा १२ सरह पद र सुविधा हुने गर्छ । उनीहरुको काम विशेषतः कार्यालय सुरक्षा हो । यसका लागि लोकसेवाको सामान्य सहमति लिने गरिन्छ । तर, यहाँ पनि चलखेल हुन लाग्यो भन्दै प्रश्न उठ्न थालेको छ ।

सामान्यतया राष्ट्रिय अनुसन्धानका प्रमुखकै चाहनामा हुने यो काममा आफ्ना मान्छे पार्न भनेर चलखेल हुन लागेको हो । विगतमा यस्ता पदमा पत्नी, साली, भाइ, भतिजालाई नियुक्त गर्ने र महिनावारी तलबमात्रै बुझ्ने । र, अवधि पूरा गरेपछि राजीनामा दिएर पेन्सन खाने गरिन्थ्यो । यता, मुलुकमा पछिल्लो समय मुस्लिम गतिविधि बढिरहेको पाइएको छ । प्रहरीद्वारा संकलित गुप्तचरी सूचनाका आधारमा पर्यटक भिसामा आएकाहरुले पूर्वी नेपाललाई लक्ष्यित गरिरहेका छन् । दुई साताअघि  केही इरानी धनकुटामा देखिए । पर्यटक भिसामा आएर मस्जिदमा बस्ने र केही प्रशिक्षण दिने गरेको सूचना प्रहरीले पाएको हो । धर्मका नाममा इरानीहरु धनकुटामा दुईदिन बसेर सुनसरीमा दुई दिन बिताई काठमाडौँ फर्केका छन् । उनीहरु पाथीभरा पनि पुगे कि भन्ने शंका छ, तर सूचनामा उल्लेख छैन ।

उसो त यसरी आएका पर्यटकका गतिविधिबारे सूचना राख्नु पर्ने भएको छ, किनभने उनीहरुको गतिविधिपछि प्रमुख जिल्ला अधिकारीले काठमाडौं फर्काइदिएका हुन् । इरानी, बंगाली, दुबईका मुस्लिम समुदाय यसरी आइरहेको पाइएको छ । उनीहरुले पूर्वी पहाडमा सक्रियता बढाएका हुन् । सुनसरीको १० लाख जनसंख्यामा तीन लाख मुस्लिम छन्, केही पालिकामा त मुस्लिमले नै प्रमुख जितेका छन् । बेलाबखत हिन्दू र मुस्लिमको द्वन्द्व पनि सिर्जना भइरहेकै छ । 

पछिल्लो समय सबै जातजातिलाई सक्रिय पार्ने काममा राष्ट्रिय मुक्ति क्रान्तिका राजेन्द्र महतो पनि खटिएकै छन् । पहिचानवादी मोर्चाको मुद्दामा एउटा समूह महेन्द्र लावतीको पनि सक्रियता देखिएको छ । पश्चिमका थारुहरु यतिखेर चुपचाप नै छन् । तामाङ, मगर, गुरुङ, पूर्वमा लिम्बु, किराँतका समूहबीच देशभर शक्ति प्रदर्शनको तयारी देखिएको छ ।

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू