मुख्यमन्त्रीलाई बजेट पढ्नै महाभारत

मुख्यमन्त्रीलाई  बजेट पढ्नै महाभारत
सुन्नुहोस्

दीर्घबहादुर सोडारी नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारले अहिलेसम्म पूर्णता पाउन सकेको छैन ।

नेकपा (एकीकृत समाजवादी)का तर्फबाट मुख्यमन्त्री भए पनि गठबन्धनका ठूला दल एमाले र माओवादी मन्त्रीहरूको नाम नपठाएपछि मन्त्रिमण्डलले पूर्णता पाउन नसकेको हो ।

सोडारीले विश्वासको मत पाए पनि सरकार विस्तार गर्न नसकेको अवस्था छ । पूर्वको कोशी प्रदेशमा एमालेका हिक्मत कार्कीको र सुदूरपश्चिममा एकीकृत समाजवादीका सोडारीको नेतृत्वमा सरकार गठन गर्ने लेनदेन भएपछि दुवै प्रदेशमा एक अर्काका सरकारलाई समर्थन गरेका थिए ।

सुदूरपश्चिममा अहिले नागरिक उन्मुक्ति पार्टीका टीका थापाले भूमि व्यवस्था, कृषि तथा सहकारी र कैलाश चौधरी भौतिक पूर्वाधारमन्त्री भएका छन् । यी दुवै जना अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षधर मानिन्छन् । दुवैका लागि छुट्याइएको मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री सोडारीले नै लिएका छन् । संसदको बजेट सत्र आए पनि अर्थमन्त्री नियुक्त नभएका कारण बजेट मुख्यमन्त्रीले नै वाचन गर्न बाध्य हुने बताइन्छ । 

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू