‘अर्थमन्त्रीले कर बढाए हजुर’ भन्दै प्रधानमन्त्रीसङ्ग हारगुहार

‘अर्थमन्त्रीले कर बढाए हजुर’ भन्दै प्रधानमन्त्रीसङ्ग हारगुहार

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसामु व्यवसायीहरुको एउटा टोलीले बजेटमा कर बढाइएको गुनासो गरेको छ । विद्यमान करको दरमा भएको हेरफेरबारे आवश्यक संशोधन गर्न अर्थमन्त्रीलाई तत्काल निर्देशन दिन प्रधानमन्त्रीसँग आग्रह समेत गरिएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका व्यवसायीहरुलाई प्रधानमन्त्रीले खुशी तुल्याउँदै करको दर हेरफेरबारे पुनर्विचार गर्न भनिसकेको जवाफ दिनुभएको एक जना व्यापारीले बताए । प्रधानमन्त्रीको भनाई उद्धृत गर्दै उनले भने, ‘बजेटमा करको दर हेरफेर भएकोबारे जानकार छु । अर्थमन्त्रीज्यूलाई व्यवसायीमाथि साँच्चिकै अन्याय भएको हो भने फिर्ता लिन निर्देशन दिइसकेको छु ।’

करको दर हेरफेर भएकोबारे जानकार छु । अर्थमन्त्रीज्यूलाई व्यवसायीमाथि साँच्चिकै अन्याय भएको हो भने फिर्ता लिन निर्देशन दिइसकेको छु ।’

प्रधानमन्त्रीको जवाफमा घुसेको ‘साँच्चिकै’ शव्द अर्थपूर्ण रहेको अर्थमन्त्रालयका अधिकारीहरु बताउँछन् । प्रधानमन्त्रीले उनीहरुलाई ‘साँच्चिकै’ मर्का परेको हो वा होइन भन्ने कुरो भेटमा बताउने बिषय नभएको अधिकारीहरुले उल्लेख गरे । प्रस्तावित करका दरमाथि संशोधन प्रस्ताव गर्ने भोलि अन्तिम दिन हो ।

व्यवसायीहरुको सबैभन्दा धेरै चासो स्पन्ज आइरनमा लगाइएको थप भन्सार महसुल घटाउनेमा रहेको देखिन्थ्यो । आज बालुवाटार पुगेका व्यवसायीहरुमध्ये स्टिल कारखानासँग प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा जोडिएका बढी संख्यामा थिए ।

टिप्पणीहरू