महानगरले प्रहरी कार्यालयअगाडि नेपालको खेल देखाउने

महानगरले प्रहरी कार्यालयअगाडि नेपालको खेल देखाउने

भरतपुर महानगरपालिकाले टी–२० विश्वकप क्रिकेटमा नेपालले आज खेल्ने खेल ठूलो पर्दामा प्रत्यक्ष प्रसारण गर्ने व्यवस्था मिलाएको छ । 

जिल्ला प्रहरी कार्यालय, चितवनअगाडि रहेको गेष्टहाउस चौरमा नेपाल र नेदरल्याण्ड्सबीच आज हुने खेल ‘एलईडी लाइभ स्क्रिनिङ’ मा देखाइने भएको हो । 

‘भरतपुर महानगरपालिका टी–विश्वकप–२०२४ अन्तर्गत आज साँझ ९ः१५ बजेदेखि हुने नेपाल र नेदरल्याण्ड्सबीचको खेल ठूलो पर्दामा प्रत्यक्ष प्रसारण गेष्टहाउस चौर, जिल्ला प्रहरी कार्यालयअगाडि देखाउने जानकारी गराउँदछौं’, जारी सूचनामा उल्लेख छ । 

टी–२० विश्वकपमा नेपालले आज पहिलो खेल नेदरल्याण्ड्ससँग खेल्दैछ । क्रिकेटप्रेमी दर्शकलाई सहज तरिकाबाट खेल देखाउन स्थानीय तहहरुले आफ्नो क्षेत्रभित्र डिस्प्ले जडान गरेका छन् ।

टिप्पणीहरू