एमालेसँग तत्काल एकता सम्भव छैन : माधव नेपाल
नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले एमालेसँग तत्काल पार्टी एकताको सम्भावना नरहेको बताउनुभएको छ । उहाँले विगतबारे कुनै समीक्षा नगर्दा पनि एमालेसँग एकताको सम्भावना नरहेको उल्लेख गर्नुभएको हो ।
पार्टी केन्द्रिय कार्यालयमा कोशी कमिटीद्वारा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले मधेश प्रदेशमा आफ्नो पार्टीलाई मुख्यमन्त्रीको प्रस्ताव आए पनि राजनीतिक इमान्दारिताका साथ केन्द्रीय गठबन्धनलाई कायम राखेर जाने निर्णय गरेको बताउनुभयो । यसमा प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भूमिका सकारात्मक रुपमा रहेको उहाँको भनाई छ ।
अर्को एक सन्दर्भमा अध्यक्ष नेपालले भन्नुभयो, ‘एमालेसँग एकताका लागि उसले पनि चाहना देखाउन आवश्यक छ ।’ एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आफ्नो पार्टीप्रति सकारात्मक हुन आग्रह गर्नुभएको छ । ओलीसँगको भेटमा आफूले पटक पटक प्रचण्डजस्तै सकारात्मक बन्न आग्रह गरेको जानकारी दिनुभयो ।
टिप्पणीहरू