नाराबाजीबीच गण्डकीका मुख्यमन्त्रीलाई विश्वासको मत प्राप्त

नाराबाजीबीच गण्डकीका मुख्यमन्त्रीलाई विश्वासको मत प्राप्त

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत पाएका छन् । उनको पक्षमा ३१ मत परेको छ भने विपक्षमा २८ मत देखिएको हो ।

पाण्डेलाई नेपाली काँग्रेसको २७, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को २, स्वतन्त्र सांसद दीपक मनाङे र फणिन्द्र देवकोटाको मत प्राप्त भएको छ । देवकोटा माओवादी केन्द्रको चुनाव चिह्नबाट विजयी नेपाल समाजवादी पार्टीका सांसद हुन् । 

देवकोटाले फ्लोर क्रस गरेपछि एमाले नेता खगराज अधिकारीलगायतले  प्रदेशसभा बैठकमा नाराबाजी गरेका थिए ।

टिप्पणीहरू