दुई जिल्लाका पदाधिकारीलाई च्यासलमा संयुक्त सम्मान

दुई जिल्लाका पदाधिकारीलाई च्यासलमा संयुक्त सम्मान

नेकपा एमालेले लमजुङ र गोरखा जिल्ला कमिटीका नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा सम्मान कार्यक्रम आयोजना गरेको छ । 

ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा आज अपराह्न अध्यक्ष केपी शर्मा ओलीले दुबै जिल्ला कमिटीका पदाधिकारीलाई सम्मान गर्नुभएको हो । कार्यक्रममा उपमहासचिव पृथ्वी सुब्बा गुरुङ, स्थायी कमिटी सदस्य डा. शिवमाया तुम्बाहाङफे, कार्यालय सचिव डा. भिष्म अधिकारी लगायत उपस्थित थिए । 

सो अवसरमा लम्जुङ जिल्ला कमिटीका अध्यक्ष राजकुमार विष्ट, उपाध्यक्ष जितबहादुर गुरुङ, सचिव राजेन्द्र बोहरा, उपसचिव विवश बुढाथोकी, गोर्खाका अध्यक्ष सुरेन्द्र बहादुर थापा, उपाध्यक्ष मिनबहादुर अधिकारी, सचिव काजिराम रोक्कालगायतलाई सम्मान गरिएको थियो ।
 

टिप्पणीहरू