आइजीपी फेर्ने रे ! बेकारको कुरा- प्रधानमन्त्री

आइजीपी फेर्ने रे ! बेकारको कुरा- प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिले प्रहरी प्रमुख परिवर्तन नहुने स्पष्ट  पार्नुभएको छ । 

गृहमन्त्री रवि लामिछानेले आइजिपी वसन्त कुँवरलाई हटाउन खोजेको चर्चा भैरहँदा प्रधानमन्त्रीको यस्तो प्रतिक्रिया आएको हो । आज भरतपुर विमानस्थलमा सञ्चारकर्मीले राखेको जिज्ञासाको जवाफ दिँदै उहाँले आइजिपी परिवर्तनबारे आएका समाचारहरू हल्ला मात्रै रहेको बताउनुभयो । 

प्रधानमन्त्री प्रचण्डले तीन वटै प्रहरी संगठनका प्रमुखलाई बोलाएर ढुक्कसाथ काम गर्न निर्देशन दिएको पनि जानकारी गराउनुभयो । ‘अस्तिको दिनमात्रै तीनवटा आइजिपीलाई बोलाएर भनेको छु,अहिले केही परिवर्तन हुँदैन,’उहाँले भन्नुभयो, ‘तपाईंहरू ढुक्कसँग काम गर्नुस् भनिसकेको छु । त्यही स्पिडमा उहाँहरूले काम गर्नुभएको छ।’

०६५ मा सेनापति हटाएर पद गुमाउनु भएका प्रधानमन्त्री प्रचण्डले अहिलेको सत्ता समीकरणमा परिवर्तन नहुने पनि दाबी गर्नुभयो।

टिप्पणीहरू