कर्मचारीको तलब बढाउन सभामुखको पहल

कर्मचारीको तलब बढाउन सभामुखको पहल

संंघीय संसदका कर्मचारीहरुको तलब भत्ता बढाउन छलफल थालिएको छ । सभामुख देवराज घिमिरेको कार्यकक्ष, संसद सचिवालय सिंहदरबारमा बिहान साढे ११ बजेदेखि झण्डै दुई घण्टा भएको छलफल संसदका कर्मचारीले राखेका ११ बुँदे मागउपर केन्द्रित रहेको बुझिएको छ । 

छलफलमा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल,प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना,राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरे,प्रमुख दलका प्रमुख सचेतकहरु,संसदका महासचिव पद्मप्रसाद पाण्डेयलगायतको उपस्थिति थियो । एमाले प्रमुख सचेतक महेश बर्तौलाका अनुसार आजको बैठकमा संसदका कर्मचारीहरुको सेवा सुविधा वृद्धिबारे छलफल भएको हो।

कर्मचारीहरुले ११ बुँदे माग राखेका छन् । आजको छलफलका आधारमा भोलि अर्थमन्त्री वर्षमान पुनसँग कुराकानी गरिनेछ।

टिप्पणीहरू