करणलाई ट्रफिसहित २५ लाख नगद

करणलाई ट्रफिसहित २५ लाख नगद

गायन रियालिटी शो ‘नेपाल आइडलः सिजन ५’ को उपाधी करण परियारले जितेका छन् । गएराति सम्पन्न ग्राण्ड फिनालेमा उनले ट्रफीसहित २५ लाख नगद जितेका हुन् । 

बर्दियाका करण अडिसनदेखि नै चर्चामा थिए । आधुनिक, लोक तथा पप गीतका आगि औधी रुचाइएका उनले प्रतियोगिताकै क्रममा गीतहरु समेत रेकर्ड गराइसकेका छन् । 

पोखराकी सलोमी गुरूङ आइडलको फर्सट रनरअप बनिन् । उनले ट्रफी र १० लाख नगद जितिन् । सेकेन्ड रनरअप बनेका दार्जिलिङका सचिन विश्वकर्माले पनि ट्रफी र पाँच लाख नगद हात पारेका छन् ।

टिप्पणीहरू