मनसुनमय पाँचपोखरी (फोटो फिचर )

मनसुनमय पाँचपोखरी (फोटो फिचर ) मनिष अर्याल/नेपाल फोटो लाइब्रेरी

समुन्द्री सतहबाट करिब ४२ सय मिटर उचाइमा रहेको पाँचपोखरी पवित्र धार्मिक तथा पर्यटकीयस्थलको रुपमा परिचित छ । सिन्धुपाल्चोक जिल्लामा अवस्थित धार्मिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदाले भरिपूर्ण ‘पाँचपोखरी’ हिन्दू तथा बौद्ध धर्मावलम्बीको धार्मिक तथा सांस्कृतिक संगमस्थल पनि हो । 

यहाँ रहेका पाँचवटा पोखरीलाई भैरव कुण्ड, सरस्वती कुण्ड, सूर्य कुण्ड, गणेश कुण्ड र नाग कुण्ड भनिन्छ । पाँचपोखरी कुण्ड इन्द्रावती नदीको उद्गमस्थल हो । 

यहाँ हरेक वर्ष भदौ महिनाको एकादशीदेखि जनै पूर्णिमासम्म मेला लाग्ने गर्छ । यस पोखरीको धार्मिक पक्ष खोतल्दै जाँदा स्कन्ध पुराणको हिमवत् खण्डमा पञ्चपोखरी नामको महान् तीर्थस्थलको वर्णन छ । यसलाई तीर्थराज प्रयाग र बाँडगंगा (कुरुक्षेत्र) समानका तीर्थस्थल भनिन्छ ।

 

टिप्पणीहरू