रारामा पर्यटकको ओइरो (फोटो फिचर)

रारामा पर्यटकको ओइरो (फोटो फिचर) फोटो : निश्चल चापागाईं

नेपालको विकट जिल्ला मुगुको पनि निकै विकटमा रहेको रारा ताल पुगेपछि धेरैलाई त्यसको सौन्दर्यले मोहित पार्ने गरेको छ । कतिपयले स्वर्गकी अप्सरा भन्ने गरेका छन् । 

रारा पुग्नलाई गाह्रो छ, तर पुगेपछि निकै आनन्द आउने पुगेकाहरु बताउँछन् । स्थलमार्गबाट जानका लागि सुर्खेतबाट भाडाको बस वा रिजर्भ गाडीमा त्यहाँ पुग्न सकिन्छ । 

करिब पाँच किलोमिटर लम्बाई, तीन किलोमिटर चौंडाइ र १७० मिटर गहिराइको नीलो ताल हेर्न विशेषगरी गर्मीमा आन्तरिक तथा वाह्य पर्यटकको घुईँचो लाग्ने गरेको छ ।

टिप्पणीहरू