स्वदेश फर्कनुअघि चिनियाँ उप विदेशमन्त्री सिंहदरबारमा

स्वदेश फर्कनुअघि चिनियाँ उप विदेशमन्त्री सिंहदरबारमा

उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग चिनियाँ उप विदेशमन्त्री सुन वेइताेङले शिष्टाचार भेट गर्नुभएको छ । उहाँहरुबीच आज बिहान १० बजेदेखि ११ बजेसम्म सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भेटवार्ता भएको बताइएको छ ।

सो क्रममा चिनियाँ प्रतिनिधिमण्डलका छ जना सदस्य र नेपालका लागि चिनियाँ राजदूत छन् सोङ पनि सहभागी हुनुभएको हो ।

उपविदेशमन्त्री सुन नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको १६ औं बैठकमा सहभागी हुन अस्ति काठमाडौं आउनुभएको थियो । हिजो राजधानीमा आयोजित उक्त बैठकमा सहभागी भएपछि उहाँ आज स्वदेश फर्कन लाग्नुभएको हो ।

टिप्पणीहरू