नयाँ दिल्लीमा विमानस्थलको छाना खस्यो, एकजनाको मृत्यु

नयाँ दिल्लीमा विमानस्थलको छाना खस्यो, एकजनाको मृत्यु

लगातारको वर्षापछि भारतको राजधानी नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको छाना खसेको छ । दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने कम्तीमा छ जना घाइते भएको प्रहरीले जनाएको छ ।

भीषण वर्षापछि टर्मिनल १ को छाना खसेको हो । बिहानको दुर्घटनापछि उक्त टर्मिनलबाट हुने सबै उडान र अवतरण रोकिएको छ । उक्त टर्मिनलमा सबै आन्तरिक उडान हुने गरेको छ ।

वर्षाको कारण नयाँ दिल्लीको अधिकांश भाग जलमग्न भएको बताइएको छ ।

टिप्पणीहरू