नेता कार्यकर्ताले भ्रम पार्दा पार्टी कमजोर : एमाले महासचिव

नेता कार्यकर्ताले भ्रम पार्दा पार्टी कमजोर : एमाले महासचिव

नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टी निर्माणको काम सोचेअनुरुप हुन नसकेकाले हालको अवस्थामा संगठनात्मक ढाँचा फेर्नुपर्ने धारणा राख्नुभएको छ । उहाँले मोरङको उर्लाबारीमा मदन भण्डारी स्मृति प्रतिष्ठान नेपालद्वारा आयोजित ‘जनताको बहुदलीय जनवाद’को सान्दर्भिकता विषयक विचार गोष्ठीमा बोल्दै उक्त धारणा व्यक्त गर्नुभएको हो ।

महासचिव पोखरेलले जनताको बहुदलीय जनवादले पार्टी निर्माणको सन्दर्भमा राखेको दृष्टिकोणअनुरुप काम हुन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘जनतामा आधारित कार्यकर्ता पार्टी बनाउने दृष्टिकोण जनताको बहुदलीय जनवादले अघि सारेको छ । जनताको बहुदलीय जनवादको पार्टी बनाउने दृष्टिकोणलाई अध्यक्ष केपी शर्मा ओलीले अवलम्बन गर्नुभएको र पार्टीको सङ्गठनात्मक प्रणालीको प्रणेता केपी ओली नै हो ।’

विगतको सन्दर्भ उल्लेख गर्दै उहाँले एमालेले २०५१ सालको मध्यावधि निर्वाचनमा प्राप्त सफलता मदन भण्डारीको बलिदानको कारण भएको दाबी गर्नुभयो । तर २०५४ सालको निर्वाचनको सफलता २०५१ सालको मनमोहन अधिकारी सरकारले गरेको कामको कारण भएकाले माधव नेपालले त्यसको जस लिन खोज्नुको कुनै अर्थ नरहेको महासचिव पोखरेलले उल्लेख गर्नुभयो ।

पोखरेलको भनाई छ, ‘पछिल्लो समय पार्टीमा समर्पण भाव हराउँदै गएको छ । परिवर्तनपछि सबै काम सकिएकाले अब सम्मान र अवसर खोज्ने समय भएको भ्रम नेता,कार्यकर्तामा हुँदा पार्टी कमजोर बन्यो ।’

टिप्पणीहरू