डा. केसीको आन्दोलन निरन्तर, समर्थन र सहभागी न्यून

डा. केसीको आन्दोलन निरन्तर, समर्थन र सहभागी न्यून

चिकित्सा शिक्षा सुधारका अभियन्ता भनिएका डा. गोविन्द केसीले आज दिउँसो राजधानीमा पत्रकार सम्मेलन गरेका छन् । बत्तिसपुतलीस्थित शिल्पी थिएटरमा बोलाइएको पत्रकार सम्मेलनमा समसामयिक विषयमा कुरा गर्न आमन्त्रण गरिएको थियो । 

केसीले आयोजना गरेको कार्यक्रममा पाँच जना पत्रकार सहभागी भएको बताइन्छ । पटक–पटक अनसन बसेर रेकर्ड बनाएका डा. केसी पछिल्लो पटक दुर्गा प्रसाईंको मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वोच्च अदालतले गरेको आदेशप्रति असन्तुष्ट छन् । अदालतको आदेशविरुद्ध आन्दोलन गर्ने चेतावनी दिँदै आएका उनले सोहीबारे आफ्नो धारणा राख्न पत्रकार सम्मेलन आयोजना गरेका हुन् ।

यसअघि काठमाडौंको माइतीघरलाई सरकारले निषेधित क्षेत्र तोकेपछि उनले निषेधित क्षेत्र हटाउनुपर्ने माग राख्दै दिनहुँ प्रदर्शन गरेका थिए । तर, डा. केसीको विरोध कार्यक्रममा मुश्किलले तीन जना प्रदर्शकारी नियमित सहभागी  हुने गरेका थिए ।

टिप्पणीहरू