एमाले मन्त्रीहरूलाई स्ट्याण्डबाइ बस्न निर्देशन

एमाले मन्त्रीहरूलाई स्ट्याण्डबाइ बस्न निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बालुवाटारको बरण्डामा तीन घण्टा लामो छलफल सकेर वीचमा कतै हराएपछि नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली च्यासलस्थित पार्टी कार्यालय पुग्नुभएको छ । 

कांग्रेस र एमाले मिलेर सरकार गठन गर्ने तयारी चलिरहेको चर्चाबीच अस्ति शनिबारदेखि विभिन्न पक्षीय छलफलमा रहनुभएका ओलीले च्यासलबाट महत्वपूर्ण निर्णय सुनाउने सम्भावना रहेको बताइएको छ । त्यसनिम्ति एमालेका मन्त्रीहरुलाई साँझ साढे ६ बजे स्ट्याण्डबाइ बस्न भनिएको बुझिएको छ । 

यता,प्रधानमन्त्री प्रचण्डले क्याबिनेट बैठक बोलाउनुभएको छ ।

शनिबार कांग्रेस सभापति शेरबहादुर देउवाले बालकोट पुगेर ओलीसँग भेट गरेपछि राजनीतिक घटनाक्रम नयाँ ढंगले विकास भैरहेको छ । हिजो बेलुकी एक जना ब्यापारीको घरमा देउवा र ओलीले निर्णायक छलफल गरेको र त्यसले दुई पार्टी नजिकिने बाटो खुलेको बताइएको छ ।

टिप्पणीहरू