साना दलजति सबैलाई काँग्रेसको आह्वान

साना दलजति सबैलाई काँग्रेसको आह्वान

नेपाली काँग्रेसले साना राजनीतिक दलहरुको बैठक बोलाएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चालगायत दलहरुलाई आज साँझको बैठकमा आमन्त्रण गरेको छ ।

सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बस्ने बैठकमा ती दलहरुलाई नयाँ गठबन्धन सरकारमा सहभागी हुन काँग्रेसले प्रस्तावको तयारी गरेको बताइएको छ ।

त्यसअघि राष्ट्रिय प्रजातन्त्र पार्टीले आजै दिउँसो पदाधिकारीहरुको आकस्मिक बैठक पार्टी मुख्यालयमा बोलाएको छ ।

टिप्पणीहरू