घण्टीका मन्त्रीले विदेश भ्रमण छोट्याए

घण्टीका मन्त्रीले विदेश भ्रमण छोट्याए
सुन्नुहोस्

युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले कोरिया भ्रमण छोट्याएका छन् । शुक्रबार दक्षिण कोरिया गएका मन्त्री श्रेष्ठ कार्यक्रम नसकिँदै स्वदेश फर्कन लागेका हुन् ।

सत्ता समीकरण परिवर्तन हुने पक्का भएपछि मन्त्री भोलि स्वदेश आउने बताइएको छ । एक हप्ताको निम्ति गएका मन्त्री अघिल्लो दिन नै यता आउन लागेको बताइएको छ । कोरिया ओलम्पिक कमिटीका अध्यक्षसँग भेटवार्ता गर्ने र खेलकुद विश्वविद्यालयको भ्रमण गर्ने लगायतका कार्यक्रम बाँकी नै थियो । 

यता आज बिहान बसेको रास्वपाको सचिवालय बैठकले सरकारमा सहभागी हुने मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गरिसकेको छ । बैठकमा सहभागी नेता सन्तोष परियारले नयाँ गठबन्धनमा रास्वपा सहभागी नहुने जनाउँदै भने, ‘हामी नयाँ गठबन्धनमा जाँदैनौँ । हाम्रा मन्त्रीहरुलाई फिर्ता बोलाउँदैछौं । त्यसअघि सभापतिज्यूले एकपटक प्रधानमन्त्रीसँग भेटवार्ता गर्ने कुरा भएको छ ।’

टिप्पणीहरू