गृहमन्त्री विरुद्धको सहकारी ठगी मुद्दा आज पनि हेर्दाहेर्दैमा

गृहमन्त्री विरुद्धको सहकारी ठगी मुद्दा आज पनि हेर्दाहेर्दैमा

गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको सहकारी ठगीसम्बन्धी मुद्दा आज पनि हेर्दाहेर्दैमा परेको छ ।

न्यायाधीशद्वय सपना प्रधान मल्ल र सारङ्गा सुवेदीको इजलास नम्बर २ मा मुद्दा सुनुवाइ नसकिएका कारण हेर्दाहेर्दैमा राखिएको हो । 

सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेको संलग्नता रहेको जिकिरसहित उनलाई पदबाट निलम्बनको माग गर्दै अधिवक्ता अनुपम भट्टराईले जेठ १४ गते रिट दायर गरेका हुन् । यो मुद्दा यसअघि कहिले हेर्न नमिल्ने, कहिले हेर्न नभ्याइनेमा परेको र दुई पटक सुनुवाई स्थगितसमेत भइसकेको छ ।

शुरुमा सर्वोच्च प्रशासनले रिट दर्ता गर्नै अस्वीकार गरेको थियो । पछि न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले दरपीठविरुद्ध आदेश दिएपछि बल्ल दर्ता भएको हो । जेठ २० गते न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले पोखराबाट कागजात झिकाउन आदेश दियो । जेठ २८ गते न्यायाधीश श्रेष्ठ र डा.मनोज शर्माको इजलासले बुटवलबाट थप कागजात झिकाउन आदेश गरेको हो ।

टिप्पणीहरू