सपना र सारङ्गा श्रीमानले आज सहकारी पीडितको मर्का सुन्ने

सपना र सारङ्गा श्रीमानले आज सहकारी पीडितको मर्का सुन्ने
सुन्नुहोस्

गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको सहकारी ठगीसम्बन्धी मुद्दामाथि बहस शुरु भएको छ । आज पनि न्यायाधीशद्वय सपना प्रधान मल्ल र सारङ्गा सुवेदीको इजलास नम्बर २ मा मुद्दाको सुनुवाइ जारी छ ।

उहाँहरुको इजलासमा रविविरुद्धको एक्लो मुद्दा राखिएको छ । सहकारी ठगी प्रकरणमा गृहमन्त्रीको संलग्नता रहेको जिकिरसहित उनलाई पदबाट निलम्बनको माग गर्दै अधिवक्ता अनुपम भट्टराईले जेठ १४ गते दायर गरेको रिटमाथि आज भइरहेको सुनुवाई अन्तिम हुने बुझिएको छ । यसअघि कहिले हेर्न नमिल्ने,कहिले हेर्न नभ्याइनेमा परेको र दुई पटक सुनुवाई स्थगित र दुई पटक हेर्दाहेदैमा राखिएको थियो ।

शुरुमा सर्वोच्च प्रशासनले लामिछानेविरुद्धको उक्त रिट दर्ता गर्नै अस्वीकार गरेको थियो । पछि न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले दरपीठविरुद्ध आदेश दिएपछि बल्ल दर्ता भएको हो । जेठ २० गते न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले पोखराबाट कागजात झिकाउन आदेश दियो । जेठ २८ गते न्यायाधीश श्रेष्ठ र डा.मनोज शर्माको इजलासले बुटवलबाट थप कागजात झिकाउन आदेश गरेको हो ।

टिप्पणीहरू