जनमतका राष्ट्रिय सचिवसहित सात जना निलम्बित

जनमतका राष्ट्रिय सचिवसहित सात जना निलम्बित

सिके राउत नेतृत्वको जनमत पार्टीले राष्ट्रिय सचिवसहित सात जनालाई कारबाही गरेको छ । पार्टी अनुशासन उल्लङ्घन गरेको आरोपमा सात जनालाई निलम्बन गरिएको छ । 

राष्ट्रिय सचिव विशेश्वरप्रसाद (वीपी) साह, केन्द्रीय सदस्य रामेश्वर यादव, सिरहाको मर्चेया नगरसचिव कृष्णचन्द्र साह, विद्यार्थी जनमत संघको पूर्व जिल्लाअध्यक्ष अरविन्द सहनी, साधारण सदस्य धिरज कामती, वडा प्रत्यासी अनिताकुमारी यादव र मिर्चैयाका पूर्व नगरसचिव दीपनारायण यादव निलम्बनमा परेका छन् । 

पार्टीको नीति निर्देशन र विधान विपरीत ढंगले अनुशासनहीन प्रदर्शन गरेकोले उनीहरुलाई तीन महिनाका लागि निलम्बन गरिएको जनाइएको छ । 

उनीहरुलाई पार्टीको कुनै पनि कामकाजमा सहभागी हुन नपाउने गरी तीन महिनाका लागि निलम्बन गरिएको जारी विज्ञप्तिमा उल्लेख छ । उक्त अवधिपछि उनीहरुको व्यवहारमा सुधार देखिएमा फुकुवा अन्यथा यथावत भएमा थप कारबाही गरिने जनाइएको छ ।

टिप्पणीहरू