उपेन्द्रले छाने २१५ जना केन्द्रीय सदस्य, पदाधिकारी बाँकी
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालले २१५ सदस्यीय केन्द्रीय समिति घोषणा गरेको छ । पार्टी विभाजनलगत्तै महाधिवेशन गरेको सो पार्टीले नयाँ केन्द्रीय नेतृत्व छानेको हो ।
जेठ २८ देखि ३० गतेसम्म जनकपुरमा सम्पन्न महाधिवेशनबाट यादव निर्विरोध अध्यक्ष चयन भएका थिए । बाँकी पदाधिकारी र केन्द्रीय सदस्य छान्ने जिम्मा महाधिवेशनले अध्यक्षलाई सुम्पिएको थियो । सोहीअनुसार यादवले २१५ जनाको केन्द्रीय कमिटी टुंगो लगाएका हुन् ।
यहि केन्द्रीय कमिटीले एक सहअध्यक्ष, पाँच उपाध्यक्ष, दुई महासचिव, तीन उपमहासचिव, सात सचिव र एक जना कोषाध्यक्ष टुंगो लगाउने छ ।
टिप्पणीहरू