प्रधानमन्त्री खुमलटारमा, काँग्रेस–एमाले शीर्ष नेता नयाँ बानेश्वरमा
नेपाली काँग्रेस र नेकपा एमालेका शीर्ष नेताहरु छलफलमा जुटेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली र काँग्रेस सभापति शेरबहादुर देउवालगायत नेताहरुले संसद भवनमा छलफल गरेको बताइएको छन् ।
प्रतिनिधिसभा बैठकले प्रधानमन्त्री दाहालको विश्वासको मत अस्वीकृत गरेपछि नेताहरुले छलफल गरेका हुन् । असार १७ गते नै दुई दलबीच नयाँ सरकार बनाउने सहमति भएबमोजिम आजको छलफल अघि बढाइएको बुझिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भने शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेटवार्तापछि आफ्नो निजी निवास खुमलटार पुग्नुभएको छ । उहाँ आफूले विश्वासको मत गुमाएको जानकारी गराउन शीतल निवास पुग्नुभएको हो ।
टिप्पणीहरू