रवि र बालेनलाई मिलाउनेले नै दिए राजीनामा
कलाकार आसिफ शाहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक सूचीमा रहेको आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । उनले आगामी फागुन २१ गते हुने प्रत्यक्ष निर्वाचनमा काठमाडौं ५ बाट उम्मेदवारी दिने घोषणासमेत गरेका छन् ।
रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहबीच कमलपोखरीस्थित उनकै कार्यालयमा लामो छलफलपछि सहमति भएको थियो । आसिफले सामाजिक सञ्जालमा लेख्दै जनता र पार्टीका कार्यकर्ताको भावनाअनुरूप समानुपातिक सूचीमा रहेको आफ्नो नाम फिर्ता लिने निर्णयमा पुगेको उल्लेख गरेका छन् ।
शाहले जनता र पार्टीका साथीहरूको भावनाअनुरूप, समानुपातिक सूचीमा रहेका अन्य व्यक्तिलाई पनि उहाँले नाम फिर्ता लिन आग्रह गर्दै भनेका छन्, ’देश निर्माणका लागि आवश्यक योगदान, म जुनसुकै पद वा हैसियतमा रहे पनि, सधैँ गर्न तयार छु। तर जनता र पार्टीका साथीहरूको भावनामा चोट पुर्याएर समानुपातिक सूचीमार्फत सांसद बन्ने बाटो म रोज्न सक्दिनँ। यसै सूचनामार्फत म मेरो समानुपातिक उम्मेदवारी फिर्ता लिएको घोषणा गर्दछु ।’ उनको नाम रास्वपाको समानुपातिक सूचीमा मुस्लिम पुरुष क्लस्टरको १ नम्बरमा थियो ।
टिप्पणीहरू