सिंहदरबारमा रवि लामिछानेको बिदाई

सिंहदरबारमा रवि लामिछानेको बिदाई
सुन्नुहोस्

निवर्तमान उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको औपचारिक बिदाई गरिएको छ । 

आज मध्याह्न सिंहदरबारस्थित मन्त्रालयमा विशेष कार्यक्रम आयोजना गरी उनको बिदाई गरिएको हो । कार्यक्रम गृह सचिव एकनारायण अर्याल, नेपाल प्रहरीका आइजीपी वसन्त कुँवर, सशस्त्रका आइजीपी राजु अर्याल, मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, सिआइबी प्रमुख श्याम ज्ञवाली, मन्त्रालयका कर्मचारीलगायत उपस्थित थिए । 

गत फागुनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेसहितको नयाँ गठबन्धन बनाएपछि लामिछाने सरकारमा सहभागी भएका थिए । उपप्रधानसहित गृह मन्त्रालयको जिम्मा लिएर सरकारमा सहभागी भएका उनको झन्डै चार महिने कार्यकाल विवादमुक्त भने भएन । 

आफू स्वयं सहकारी ठगी प्रकरणमा जोडिएका लामिछानेले प्रहरी सरुवा-बढुवामा बिधि मिचेर एकलौटी गरेको आरोप छ।

टिप्पणीहरू