शशी भवनको बंकर झन् सुरक्षित

शशी भवनको बंकर झन् सुरक्षित
सुन्नुहोस्

नेपालको राजनीतिदेखि विकास, निर्माणसम्ममा प्रभावी मानिएको दक्षिणी चासो अब फौजतिर केन्द्रित हुन थालेको छ । भर्खरै भारतीय दूतावासको सैनिक सहचारीबाट फिर्ता हुने क्रममा भारतीय कर्णेलले राखेको जिज्ञासाले यस्तो संकेत दिन्छ । त्यस्तो चासो राखेका हुन् ।

अवकाशको दिन नजिकिँदै गर्दा प्रधानसेनापति प्रभुराम शर्माले असार १५ देखि नै झम्सिखेलस्थित शशी भवनबाट आफ्ना सरसामान निजी निवास सीतापाइलातिर सार्न थालका छन् । अघिल्लो दिन, अर्थात् १४ गते प्रभुरामसँग बिदा माग्न गएका सैनिक सहचारी (कर्णेल) अमित शर्माले नेपालको आगामी प्रधानसेनापतिबारे हल्का चासो राखेको बताइन्छ । उमेर विवादमा परेपछि प्रभुरामपछिको वरियताका जर्नेल अशोक सिग्देल प्रधानसेनापति बन्लान् कि नबन्लान् भन्ने चर्चा चलिरहेको छ । त्यसो त प्रदीपजंग केसी पनि विगतमा बेइजिङस्थित नेपाली दूतावासमा सैनिक सहचारीका रुपमा बसेका कारण भारत उनीप्रति सकारात्मक नभएको मान्न सकिन्छ । अशोकको हकमा न चीन, न पाकिस्तान, कतै पनि उनको कनेक्सन छैन । यसअघि २०६४ मै प्रचण्ड सरकारले निर्णय गरेर पनि कुलबहादुर खड्काले प्रधानसेनापतिका रुपमा चार्ज बुझ्न पाएका थिएनन् । नियुक्तिपत्र बोकेर जंगी अड्डामा हाजिर नभई घर फर्किए । उनले पाकिस्तानमा कोर्स गरेका थिए । 

अर्कातिर, प्रभुरामले जातेजाते शशिभवनमा रहेको बंकरलाई अझ व्यवस्थित बनाएको बताइन्छ । कुनै किसिमको आक्रमण भएमा सैन्य नेतृत्व सुुरक्षित गर्नका लागि बंकरलाई व्यवस्थित गरिन्छ । त्यहाँ कोत बंकर पहिल्यै थियो । त्यसमा हतियार भण्डारण गरिएको छ । विशिष्ट व्यक्तिको सुरक्षाका लागि आउने हतियार त्यहीँ राखिएको हुन्छ । कुनै पनि हतियार वा विष्फोटक पदार्थले असर नगरोस् भनी त्यसलाई बुलेटपु्रफ किसिमको बनाइएको छ । यदि त्यहाँ राखिएका हतियार विष्फोट नै भएछन् भने पनि त्यसले कुनै असर गर्दैन । त्यही बंकरलाई अहिले अझ सुविधाजनक बनाइएको र त्यसका लागि रिनोभेट (पुनः निर्माण) गरिएको रक्षा स्रोतले जनाएको छ ।

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू