युन्नानको अनुभव र अवसरहरूको खोज

युन्नानको अनुभव र अवसरहरूको खोज
सुन्नुहोस्

साँझमा, माफाङ गाउँ, चेङ्जियाङ शहर, युक्सी शहर, युन्नान प्रान्त, क्षितिजका पहाडहरू, नजिकका पोखरी र कमलका पातहरूमा चम्किरहेको सूर्य अस्ताउँछ । 

गाउँमा प्रवेश गर्दा, बङ्गलादेश टेलिभिजनका उप–सम्पादक शामिन अब्दुल्लाह जाहेदीले जताततै यस्तो दृश्य देखे । ‘यसले परम्परागत वास्तुशिल्प संरचनाहरूलाई मात्र राख्दैन, तर पर्यटकहरूलाई इमर्सिभ तरिकाले ग्रामीण पर्यटनको अनुभव गर्न अनुमति दिँदै राम्रो आधुनिक सेवा सुविधाहरू पनि प्रदान गर्दछ ।’ उहाँले भन्नुभयो । जुन १७ देखि २३ सम्म युन्नानमा आयोजित पाँचौँ लान्काङ–मेकोङ श्रव्यदृश्य सप्ताहमा जाहेदी र लान्काङ–मेकोङ सहयोग क्षेत्र र दक्षिण एसियाली मुलुकका समाचार विभागका प्रमुख तथा पत्रकारहरूले भाग लिएका थिए । उनीहरूले कुनमिङ र युक्सी, युन्नानका उद्यम र गाउँहरू भ्रमण गरे र ‘युन्नान जीवनशैली’ को अनुभव गरे । माफाङ गाउँ यस भ्रमणका अवलोकन बिन्दुहरूमध्ये एक थियो । 

फाङ गाउँ, फुछियान तालको छेउमा अवस्थित एक सुन्दर गाउँ हो, जहाँ पहाड र नदीहरूका अद्भूत दृश्यहरू देख्न सकिन्छ । युन्नानका नौ पठार तालहरूमध्ये एक, फुछियान ताल चीनको आन्तरिक तालहरूमध्ये सबैभन्दा ठूलो पानी भण्डारण क्षमता भएको गहिरो ताजा पानीयुक्त ताल हो र यसको पानीको गुणस्तर लामो समयदेखि ग्रेड १ मा कायम राखिएको छ । हालैका वर्षमा, त्यहाँका गाउँलेले उच्चस्तरीय स्रोतबाट कृषि र पर्यटनको एकीकृत उद्योगको विकास गरेका छन्, जसले माफाङ गाउँलाई स्थानीय ग्रामीण पुनरुत्थानका लागि नमुना गाउँ बनाएको छ ।

फुहाई खाडीको समुद्र तट वरपर हेर्दा, पानी आकाशमा पग्लिएको देखिन्छ र हल्का हावाले तपाईंलाई शितल र स्फूर्ति महसुस गराउँदछ । पाकिस्तान टेलिभिजनका निर्देशक एम्बाशा दौचर शाहले फुछियान तालको अद्वितीय प्राकृतिक भूपरिदृश्य रहेको र यहाँ पर्यटन उद्योगको विकास र पारिस्थितिकी संरक्षणले दिगो विकासको उज्ज्वल भविष्य देखाउँदै एक अर्कालाई पूरक बनाउने बताउनुभयो । ‘म युन्नानको सुन्दर दृश्य र हरित विकास अवधारणा पाकिस्तानी दर्शकहरूलाई परिचय गराउन चीनमा एक संवाददाता स्टेसन स्थापना गर्न प्रतीक्षारत छु ।’

चेन्जियाङ जीवाश्म स्थल प्राकृतिक इतिहास सङ्ग्रहालयको अवलोकन गरेर, विभिन्न देशका प्रतिनिधिले ५०० मिलियन वर्ष अघि क्याम्ब्रियन कालको जीवन विस्फोटको अन्वेषण गरे । सन् १९८४ मा फेला परेको चेङ्जियाङ जीवाश्म समूह ५३ करोड वर्ष अघिको हो । अहिलेसम्म, क्याम्ब्रियन दुर्लभ जनावर र वनस्पति जीवाश्महरूको २० कोटीका २८० भन्दा बढी प्रजातिहरू फेला परेका छन् र तीमध्ये ८०% नयाँ प्रजातिहरू हुन् । आधुनिक वैज्ञानिक तथा प्राविधिक माध्यमहरू मार्फत, हामी विगत ५०० मिलियन वर्षमा जीवन विकासको अद्भुत क्रमलाई सहज रूपमा बुझ्न सक्छौँ । जाहिदीले साँस्कृतिक पर्यटन, विज्ञान र शिक्षालाई सशक्त बनाउन प्रविधिको प्रशंसा गर्नुका साथै प्राकृतिक भूगोलको डकुमेन्ट्री निर्माण गर्न युन्नान मिडियासँग मिलेर दुवै देशको प्राकृतिक दृश्य र पारिस्थितिकीय विविधताको संयुक्त अन्वेषण तथा रेकर्डिङ गर्ने आशा व्यक्त गर्नुभयो । ‘सङ्ग्रहालयले प्राकृतिक सम्पदाको संरक्षणमा चीनको योगदानलाई स्पष्ट रूपमा व्याख्या गर्दछ र सम्पूर्ण विश्वले प्राकृतिक तथा सांस्कृतिक सम्पदाको संरक्षणमा चिनियाँ अनुभवबाट सिक्न सक्छ,’ श्रीलंकाको राष्ट्रिय टेलिभिजनका बाह्य सम्बन्ध विभागका निर्देशक मोतिला हेजलले भन्नुभयो । ‘युन्नानको यो यात्रामा एकदम अद्भुत अनुभव भएको छ । मैले कुनमिङ दोउनान इन्टरनेशनल फ्लोरा अक्सन ट्रेडिङ सेन्टरमा युन्नानमा फूल उद्योगको उन्नत विकास मोडेलको बारेमा सिकेँ । हामीले चेङजियाङ र अन्य ठाउँका प्रसिद्ध सांस्कृतिक पर्यटन गन्तव्यहरूको ‘भ्रमण ग¥यौँ र हामीले धेरै कुरा सिक्यौँ । समृद्ध कृषि तथा पर्यटन स्रोत सहित, श्रीलङ्काले युन्नानको अनुभवबाट सिक्न सक्छ ।’

(युन्नान डेली)

 

टिप्पणीहरू