उपसभामुख इन्दिराले किन गरिन् पदको यति चर्को दुरुपयोग ? ठाडै किन लेखियो अमेरिकी दूतावासलाई पत्र ?

उपसभामुख इन्दिराले किन गरिन् पदको यति चर्को दुरुपयोग ? ठाडै किन लेखियो अमेरिकी दूतावासलाई पत्र ?
सुन्नुहोस्

सभामुख र संसद सचिवालयलाई जानकारी नगराई आफूखुशी बाहिरका मान्छेसहित वैदेशिक भ्रमणका लागि भीसा आवेदन दिएको रहश्य खुलेसँगै उपसभामुख इन्दिरा राना विवादमा तानिएकी छन् । एक वर्षसम्म लुकाइएको यो तथ्य आज जनआस्थाले सार्वजनिक गरेपछि उनी विवादमा परेकी हुन् । 

रानाले आफूसहित ६ जनाको नाम भीसाका लागि काठमाडौँस्थित अमेरिकी दूतावासमा सिफारिस गरेको समाचार आज जनआस्थामा प्रकाशित भएको थियो । समाचार सार्वजनिक भएलगत्तै संसद सचिवालयले गम्भीर चासो व्यक्त गरेको छ । 

सभामुख देवराज घिमिरे र संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले यसलाई नोटिशमा लिइसकेको बुझिएको छ । त्यस्तै,संसदको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले सदस्यहरुसँग छलफल शुरु गरिसकेको बताइन्छ । 

०००७२६ नम्बरको डिप्लोमेटिक पासपोर्टवाहक इन्दिरा राना,उपेन्द्र गौतम,सुष्मा लामा,राजेश लामा तामाङ,सुजन घर्ति मगर र धनप्रसाद गुरुङको नाम यसरी इन्दिराको बाहुली दस्तखतमा सिफारिस गरिएको हो ।

यसबारे जिज्ञासा राख्दा सचिवालयका महासचिव पाण्डेले विदेश भ्रमणका लागि उपसभामुख रानाले सचिवालयलाई औपचारिक जानकारी गराएको कुरा आफूलाई थाहा नभएको बताए । सभामुखको स्वीकृति नलिई उपसभामुख र संसद सदस्यहरु विदेश भ्रमणमा जान नपाउने व्यवस्था रहेको बताउँदै उनले भने,'यसबारे मलाई जानकारी छैन ।'  

राज्यबाट भिआइपी सुविधा लिने कुनै पनि व्यक्ति विदेश जानुपरे भीसालगायतका सबै प्रक्रिया सरकारी संयन्त्रले नै अघि बढाउँछ । देशकै सबैभन्दा माथिल्लो संवैधानिक परिषदमा सदस्य रहेकी उपसभामुखको हकमा त झन सबैभन्दा पहिले भ्रमणको प्रयोजन र उद्धेश्य खुल्ने निमन्त्रणा आएको हुनुपर्छ । त्यस्तो निमन्त्रणापत्र शुरुमा महासचिवकोमा पुग्छ र तोक-आदेशसहित अन्तर्राष्ट्रिय शाखामा पठाइन्छ । 

त्यहाँबाट स्वीकृत भएर आएपछि बल्ल महासचिवबाट भीसाका लागि परराष्ट्रलाई आग्रहसहितको पत्र जाने हो । त्यसपछि परराष्ट्रले नै भीसा नोट बनाएर दूतावासलाई पत्र लेख्छ । तर, उपसभामुख रानाले भने यो सबै प्रक्रिया मिचेर आफैँले आफ्नालागि सिफारिस पत्र लेखेकी हुन् । उपसभामुखको लेटरहेडमा लेखिएको पत्रमा ६ जना गैरसांसदको नामसमेत सिफारिस गरिएको छ । 

गत वर्ष फेब्रुअरी २६ मा अमेरिकी दूतावासको कन्सुलरलाई सम्बोधन गरी लेखेको सिफारिस पत्रमा अमेरिकामा आयोजना हुने एउटा उच्चस्तरीय कार्यक्रममा भाग लिन जान लागेको उल्लेख छ । मार्च ६ देखि १७ सम्म न्युयोर्कमा हुने सो कार्यक्रममा सहभागी हुन आफू र आफ्नो टिमका लागि भीसा उपलब्ध गराइदिन पत्रमा आग्रह गरिएको छ ।

०००७२६ नम्बरको डिप्लोमेटिक पासपोर्टवाहक इन्दिरा राना,उपेन्द्र गौतम,सुष्मा लामा,राजेश लामा तामाङ,सुजन घर्ति मगर र धनप्रसाद गुरुङको नाम यसरी इन्दिराको बाहुली दस्तखतमा सिफारिस गरिएको हो । तर,अमेरिकी दूतावासले उनीहरु कसैलाई पनि भीसा दिएन । यसबारे थप स्पष्ट हुन उपसभामुख रानासँग जनआस्थाले गरेको पटक-पटकको सम्पर्क प्रयास सफल हुन सकेन  ।  

यो पनि......

१.उपसभामुख इन्दिरालाई पनि विदेशीले भीसा दिएनन्

 

टिप्पणीहरू