गृहमन्त्री एक,सल्लाहकार दुई
वर्तमान सरकारका एक मन्त्रीको प्रेस सल्लाहकारमा दुई जना पत्रकारक्र आफू नियुक्त भएको दावी गरेका छन् । गृहमन्त्री रमेश लेखकको सचिवालयले पत्रकारद्वय लोकेन्द्र भट्ट र सुवास सिंहलाई प्रेस सल्लाहकारमा नियुक्त गरेको हो होइन त्यो चाहि पक्का छैन ।
गृहमन्त्रीको सल्लाहकार बन्न हानाथाप चलेपछि सचिवालयले अन्यौल सिर्जना भएको स्रोत बताउँछ । कञ्चनपुर घर भएका सुवास राससमा कार्यरत छन् भने लोकेन्द्र रातोपाटीसङ्ग सम्बध्द छन् । उनी अछामका स्थायी बासिन्दा हुन् ।
गृहमन्त्रीको प्रेस सल्लाहकारमा नियुक्त भइयो भनेपछि दुवैलाई सामाजिक सञ्जालमा बधाई दिनेको ओइरो लागेको छ । अनलाइनखबरका पत्रकार जनक विष्टले सुवासलाई आज सामाजिक सञ्जालमार्फत सफल कार्यकालको शुभकामना दिएका छन् ।
उनले लेखेका छन्,‘नेपाल सरकारका गृहमन्त्री माननीय रमेश लेखकज्यूको प्रेस सल्लाहकारमा नियुक्त हुनुभएको आदरणीय सुवास सिंह दाजुलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु ।’
उता कुस न्यूजका सम्पादक भौतिक मल्लले चाहि लोकेन्द्रलाई गृहमन्त्रीको सल्लाहकार भएकोमा बधाई दिएका छन् । उनले भनेका छन्,‘प्रिय भाइ लोकेन्द्र भट्ट,गृहमन्त्री रमेश लेखकको प्रेस सल्लाहकारमा नियुक्त भएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना !’
टिप्पणीहरू