प्रचण्डलाई पुष्पलाल श्रेष्ठ भनेपछि माननीयले मागे माफी
संसदमा नेकपा (एमाले) का सांसद किरणकुमार शाहको अभिव्यक्तिप्रति माओवादी केन्द्रले नियमापत्ति गरेको छ । प्रतिनिधि सभाको आजको बैठकमा बोल्ने क्रममा सांसद साहले नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठलाई सम्झिएका थिए । तर उनले गल्तीले ‘पुष्पलाल श्रेष्ठ’ को ठाउँमा ‘पुष्पकमल दाहाल’ भने ।
लगत्तै माओवादी केन्द्रका सांसद हितराज पाण्डेले सांसद साहको अभिव्यक्तिप्रति नियमापत्ति जनाए । हात उठाउँदै भने, ‘एउटा माननीयले बोल्दा आफू के बोलिरहेको छु भन्ने थाहा पाउनुपर्छ ।’
उनले सांसद साहको अभिव्यक्तिलाई संसदको रकर्डबाट हटाउन समेत माग गरेका छन् । सभामुख देवराज घिमिरेले सांसद शाहलाई तत्काल जवाफ दिन आग्रह गर्नुभयो ।
त्यसपछि सांसद साहले माफी माग्दै आफूले पुष्पलाल श्रेष्ठ भन्न खोजेको तर गल्तीले पुष्पकमल भएको जनाउँदै ‘क्षमा चाहन्छुु’ भने ।
टिप्पणीहरू