सशस्त्रमा यतिसम्म हुन थाल्यो

सशस्त्रमा यतिसम्म हुन थाल्यो

सशस्त्र प्रहरीभित्र तर मार्ने हाकिममा एसएसपी भुपेन्द्र के.सी.को नाम लिन थालिएको छ । जागिर खाएयता धेरै वर्ष राजधानी र कमाउ ठाउँको जिम्मेवारी पाउने भाग्यमानीका रूपमा देखिने उनी डिएसपी छँदा कमाण्डर भई बसेको कीर्तिपुरस्थित  स्कूलमा दोहोर्‍याएर कमाण्डर हुने पक्कापक्की भएपछि लगभग ३५ जनाबीच यस्तो चर्चा चलेको हो । एउटै ठाउँमा कमाण्ड गरी सकेको अधिकृतलाई पटक पटक दोहोर्‍याएर सोही ठाउँमा पठाउने पर्ने कारण भने स्पष्ट छैन । यी सबैको पछि अघिल्लो माओवादी सरकारको चाकरीले काम गरेको बताइन्छ । अहिलेसम्म कतै सहायक बाहिनीपति भएर बसेका छैनन् । उनी जुनसुकै ठाउँमा गुल्म, शाखा वा विभागको हाकिम मात्र भएर बसेका छन् । यस्तै हाकिम आर्थिक प्रवन्ध विभागका एसएसपी दिपेन्द्र कुँवर र बजेट शाखाका होम ज्ञवालीको पनि नाम पुछारतिर जोडिन्छ । 

एस.पी.हुँदा ७० नम्बरको रोलक्रमा रहेका केसी ५ नम्बरमा चढेर बढुवा भएका हुन् । डिएसपी हुँदा निर्वाचन आयोगभित्र रहेको बाघ भैरव गुल्ममा थिए । यो गुल्मले अमेरिकन दूतावासको समेत सुरक्षाको जिम्मेवारी लिँदै आएको छ । उनले हल्चोकस्थित हेडक्वार्टरको कर्मचारी प्रशासन (कप्र) शाखामा करिब तीन वर्ष बिताए । त्यसपछि सवारी शाखा प्रमुख भए, एसपी हुँदा तालीम केन्द्र नौबस्ताको समादेशक भई लगभग १५ महिना बिताए । यिनै केसीलाई कीर्तिपुरको स्कूलमा दोहर्‍याएर कमाण्डर बनाउन लागिएको छ । सो स्कूलका अहिले कमाण्डर डिएसपी राजेन्द्र गुरागाइँकोे एक वर्ष पुग्ने बित्तिकै एसएसपी केसी पदपूर्ति गर्न जाने तयारीमा छन् । उनी यसअघि पनि दुई वर्ष त्यहीँको कमाण्डर थिए । 

सशस्त्र प्रहरीले देशभरका आफ्नो विद्यालयको कमाण्डरमा एसपीलाई खटाउने तयारी गरेको छ भने कीर्तिपुरमा एसएसपीलाई जिम्मेवारी दिने तयारी छ । सप्तरीको जोगेन्द्र भगत ठाको देवी स्कूल, बाँके कोहलपुरका र कञ्चनपुरको झलारीमा पनि स्कूल सञ्चालन गरेको छ । यी सबै विद्यालयको कमाण्डर डिएसपी छन् । 

यस्तो विकृति सुधार्न हाकिम परिवर्तन गरेर मात्र हुँदैन प्रणालीमै सुधार ल्याउन सशस्त्र नतृत्वले ध्यान दिन आवश्यक भएको बताइन्छ । 

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू