स्पष्ट अल्पमतका मुख्यमन्त्री विश्वासको मत लिँदै

स्पष्ट अल्पमतका मुख्यमन्त्री विश्वासको मत लिँदै

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले प्रदेश सभाको बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव प्रस्तुत गर्न लागेका छन् । सोही प्रयोजनको निम्ति आज ४ बजे प्रदेशसभा बैठक डाकिएको छ ।

एमालेले सरकारलाई दिएको विश्वास फिर्ता लिएपछि सोडारी नेतृत्वको सरकार अल्पमतमा परेको हो । ५३ सदस्यीय प्रदेशसभामा विश्वासको निम्ति कम्तीमा २७ जनाको समर्थन चाहिन्छ । तर,मुख्यमन्त्रीको पक्षमा आफ्नो दल नेकपा एकीकृत समाजवादीका चार र माओवादी केन्द्रका १० गरेर कूल १४ जना मात्रै सदस्य छन् । 

विपक्षमा काँग्रेसका १८ र एमालेका ११ गरेर २९ जना प्रदेशसभा सदस्य छन् । उनी एमाले,माओवादी,नागरिक उन्मुक्ति र स्वतन्त्र प्रदेशसभा सदस्यको समर्थनमा वैशाख ५ गते सोडारी मुख्यमन्त्री नियुक्त भएका थिए । असार २० गते एमालेले समर्थन फिर्ता लिएपछि उनी अल्पमतमा परेका हुन् । 

सुदूरपश्चिम सरकारले असार १ गते सार्वजनिक गरेको बजेट पारित हुन सकेको छैन । साउन १ गतेदेखि प्रदेश सरकार बजेट होलिडेको अवस्थामा रहेको सरकारी खर्च ठप्प छ ।

टिप्पणीहरू