राज्यमन्त्री लिएर नाउपा सरकारमा, कांग्रेसबाट दुईजना थपिए
कांग्रेस-एमाले गठबन्धन सरकारमा नागरिक उन्मुक्ति पार्टी सहभागी भएको छ । एक राज्यमन्त्री लिएर नाउपा आज सरकारमा गएको हो ।
नाउपाका अरुण कुमार चौधरी राज्यमन्त्री नियुक्त भएका छन् । उनलाई नेपाली कांग्रेसले सम्हालेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री बनाइएको छ ।
त्यस्तै, कांग्रेसबाट रुपा विक र पूर्णबहादुर तामाङ क्रमश: वन तथा वातावरण र ऊर्जा जलश्रोत तथा सिँचाइ राज्यमन्त्री बनेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ को उपधारा (९) बमोजिम तीनै जनालाई राज्यमन्त्री नियुक्त गर्नुभएको हो ।
टिप्पणीहरू