सार्वजनिक बिदाले सर्यो प्रतिनिधि सभाको बैठक

सार्वजनिक बिदाले सर्यो प्रतिनिधि सभाको बैठक

प्रतिनिधि सभाको पर्सिको बैठक सरेको छ । आइतबार दिउँसो १ बजेका लागि तय भएको बैठक सोमबार दिउँसो सारिएको जानकारी दिइएको छ । संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार सार्वजनिक बिदा परेकाले सो दिनको बैठक सोमबार सारिएको हो ।

‘मिति २०८१ साल साउन २० गते आइतबार दिनको १ः०० बजे बस्नेगरी निर्धारण भएको प्रतिनिधि सभाको बैठक उक्त दिन नेपाल सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेकोले निर्धारित समयमा बस्न नसक्ने भएकोले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ६ को उपनियम (३) बमोजिम सम्माननीय सभामुखले सभाको अर्को बैठक मिति २०८१ साल साउन २१ गते सोमबार दिनको १०:०० बजे बस्नेगरी निर्धारण गर्नुभएको...’, जारी सूचनामा उल्लेख छ ।

टिप्पणीहरू