दश भाइलाई दुःखका भारी

दश भाइलाई दुःखका भारी

अघिल्लो गठबन्धनका सहयोद्धा पुष्पकमल दाहाल प्रचण्डको विरोधमा केपी ओलीले एकताकाको दशभाइ मध्येका योगेश भट्टराईलाई संसदबाट बोल्न लगाउनुभयो ।

१० भाइमध्येकै अर्का सचिव गोकर्ण विष्टलाई भने विश्वासको मत लिँदा आफ्नो समर्थनमा भाषण गर्न लगाइयो । अध्यक्ष ओलीका निम्ति ज्यानै फालेर लाग्ने गोकुल बाँस्कोटा, विनोद ढकाल र महेश बस्नेतहरू लाखापाखा भएपछि अहिले दशभाइ भनी डामिएका नेताहरुमाथि भुक्तमान आइलागेको हो । अरूबेला पनि डिफेन्डरको रूपमा १० भाइमध्येकै रघुजी पन्तलाई अघि सार्ने गरिएको छ ।

सुविधा दिने र प्रमोट गर्ने बेला महेश बर्तौला, अञ्जान शाक्य र सुनिता बराललाई सम्झने तर आक्रमण र प्रतिरक्षाका लागि भने दश भाइलाई उभ्याउने गज्जबको रणनीति देखिएको छ ।

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू