‘नक्कली दलित’ को पद खारेज गर्न दलित संघको माग
दलित पुरुषसँग अन्तर्जातीय विवाह गरेकी कोशी प्रदेश सभा सदस्यको पद खारेजीको माग गरिएको छ । दलित कोटाबाट नेपाली काँग्रेसले सुनिता गुरुङलाई प्रदेश सभा सदस्य र मन्त्री बनाएको जनाउँदै भ्रातृ संस्था नेपाल दलित संघ कोशी प्रदेश समितिले विरोध जनाएको छ ।
रामसँग अन्तर्जातीय विवाह गरेपनि नागरिकता नसच्याएको र थर गुरुङनै कायम रहेकाले सुनिता दलित कोटाबाट प्रदेशसभा सदस्य बन्न योग्य नरहेको संघको दाबी छ । दलित संघले आज काँग्रेस कोशी प्रदेश समितिमार्फत् गुरुङको पद खारेजी गर्न गरेको छ ।
सुनसरीको बर्जुगाउँपालिकाकी प्रदेशसभा सदस्य गुरुङले डेढ दशकअघि स्थानीय डोमी रामसँग प्रेमविवाह गरेकी हुन् । उनले बर्जु ५ स्थित कोशी आधारभूत विद्यालयमा १९ वर्ष अध्यापन गरिन् । जातीय विभेद र छुवाछुतको पीडा प्रत्यक्ष बुझेको बताउने सुनिता सुरुमा चमाारसँग विवाह गरेकै कारण समाजिक बहिष्कारमा परिन् ।
उनलाई नेपाली काँग्रेसले दलित कोटाबाट प्रदेश सभामा समानुपातिक सदस्यपछि राज्यमन्त्री बनाएको थियो । अहिलेको गठबन्धन सरकारमा पनि मन्त्री बनाउने तयारी गरेपछि पार्टीमा आबद्ध दलितहरु रुष्ट भएका हुन् । काँग्रेसमा उनी कोइराला समूह निकट हुन् । यसअघि केदार कार्कीलाई मुख्यमन्त्री बनाउन पार्टीबाट विद्रोह गरेर समर्थन नै गरेकी थिइन् ।
टिप्पणीहरू