एकातिर शपथग्रहणको सुरसार, अर्कोतिर विश्वासको मत
सुदूरपश्चिम प्रदेशमा नेपाली काँग्रेस र एमालेबीच मन्त्रालयको भागबण्डा मिलेपछि मुख्यमन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराउन लागिएको छ । नवनियुक्त मुख्यमन्त्री कमल शाहले दिउँसो ३ बजे पद तथा गोपनीयताको सपथ लिने कार्यक्रम बनाइएको छ । त्यसपछि उनले मन्त्रिपरिषद् विस्तार गर्ने बताइएको छ ।
दुई दलको लामो छलफलपछि नेपाली काँग्रेसले मुख्यमन्त्रीसहित दुई मन्त्रालय र एमालेले तीन मन्त्रालयमा नेतृत्व गर्ने सहमति भएको छ । जसअनुुसार काँग्रेसले आर्थिक मामिलाका साथै सामाजिक विकास मन्त्रालय पाएको छ ।
एमालेको भागमा भौतिक पूर्वाधार, भूमि तथा कृषि र काननु मन्त्रालय परेको छ । मन्त्रीहरुको नाम टुंगो लगाउन दुवै दलहरु आन्तरिक छलफलमा जुटेका छन् ।
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कंडेलले आजै विश्वासको मत लिँदैछन् । दिउँसो ३ बजे डाकिएको प्रदेशसभा बैठकमा उनले विश्वासको मत लिने कार्यसूची छ ।
टिप्पणीहरू