दातासँग पैसा लिन वार्ता टोली गठन
सरकारले एसियाली विकास बैंक (एडीबी)ले दिने अनुदान र सहुलियत ऋण स्वीकार गर्न वार्ता टोली गठन गरेको छ ।
एडीबीबाट प्रस्तावित २० मिलियन अनुदान तथा १० मिलियन अमेरिकी डलर ऋण सहायता स्वीकार गर्ने सम्बन्धमा क्याविनेट बैठकले वार्ता टोली गठन गर्ने निर्णय गरेको हो । अर्थ मन्त्रालयको प्रस्तावअनुसार मंगलबार बसेको बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।
त्यस्तै, सरकारले बेलायत सरकारबाट प्राप्त हुने ३८. ८ मिलियन पाउण्ड (करिब ६ अर्ब ५८ करोड रुपैयाँ) अनुदान पनि लिने भएको छ । 'सगरमाथा : इन्हयान्सिङ जेन्डर एन्ड ह्युमन डेभलपमेन्ट आउटकम्स थ्रु सिस्टम्स स्ट्रेन्थिङ्ग्स' कार्यक्रमका लागि खर्च गर्ने गरी उक्त सहायता सम्बन्धी समझदारीपत्र स्वीकृत गर्ने क्याविनेटको निर्णय छ ।
त्यसैगरी, क्याविनेटले बेलायत सरकारबाटै 'रेसिलेन्स एडप्टेसन एन्ड इन्क्लुसन इन नेपाल' कार्यक्रमका लागि प्राप्त हुने ३८.५ मिलियन पाउन्ड (करिव रु ६ अर्ब ५० करोड) अनुदान सहायतासम्बन्धी समझदारीपत्र पनि स्वीकृत गरेको छ ।
टिप्पणीहरू