प्रधानमन्त्री र पर्यटनमन्त्रीले जनतालाई निराश नबनाउने पूर्वमन्त्रीको विश्वास

प्रधानमन्त्री र पर्यटनमन्त्रीले जनतालाई निराश नबनाउने पूर्वमन्त्रीको विश्वास

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा पूर्वमन्त्री सुमना श्रेष्ठले हवाई क्षेत्रको सुरक्षा सम्बन्धमा सरकारलाई लिखित सुझाव दिएकी छन् । 

बुधबार नुवाकोटमा एयर डाइनेस्टि हेलिकोप्टर दुर्घटनामा परेपछि समग्र हवाई सुरक्षाबारे अध्ययन गर्न आयोग गठनको तयारीमा रहेको सरकारले त्यसबारे सुझाव मागेको छ । पर्यटनमन्त्री बद्रिप्रसाद पाण्डेको सचिवालयबाट सुझाव माग गरिएपछि इमेलमार्फत् आफूले सुझाव पेस गरेको सुमनाले बताएकी छन् । 

सामाजिक सञ्जालमा सुझाव सार्वजनिक गर्दै लेखेकी छन्, ‘पर्यटनमन्त्री माननीय बद्रीप्रसाद पाण्डेज्यूको सचिवालयले नेपालको हवाई क्षेत्रको सुरक्षाका लागि सुझाव माग्नुभएको जानकारी समाचारमार्फत प्राप्त भयो । दिइएको आधिकारिक इमेलमा हामीले यी सुझावाहरु बुझाएका छौँ ।’

आफूले दिएका सुझाव यथाशीघ्र कार्यान्वयन हुनेमा उनको विश्वास छ । सांसद सुमनाले यसका लागि दुई ठूला दल मिलेर बनेको सरकारका प्रधानमन्त्री र पर्यटनमन्त्रीको दृढ प्रतिबद्धता र इमानदार प्रयत्न चाहिने बताएकी छन् । 

‘यसका लागि सबैभन्दा महत्त्वपूर्ण भनेको सदनका दुई ठूला दल मिलेर बनेको दुईतिहाइ विश्वासप्राप्त शक्तिशाली सरकारका सम्माननीय प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीज्यू र माननीय मन्त्री बद्रीप्रसाद पाण्डेज्यूको दृढ प्रतिबद्धता र इमानदार प्रयत्न चाहिन्छ’, उनले लेखेकी छन्, ‘आशा छ अब भने जनतालाई निराश बनाउनु हुनेछैन ।’

टिप्पणीहरू