ओलीजी र मेराबीच यावत सहमति भएको छ - देउवा
सत्तारुढ नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संशोधनका लागि सबै राजनीतिक दललाई साथमा लिएर अघि बढ्ने प्रतिवद्धता जनाउनुभएको छ ।
काँग्रेस र एमालेले संविधान संशोधनका लागि गरेको सहमतिमा सबै दललाईसहमत गराएर निश्कर्षमा पुर्याउने उहाँले आज बताउनुभएको हो । ठूला दुई पार्टीबीचको संविधान संशोधन गर्ने सहमतिमा खासै नयाँ कुरा नरहेकाले अन्य दलले आफ्नो खिलाफको रुपमा नलिने देउवाको विश्वास छ ।
'संविधान संशोधनको विषयमा ओलीजी र मेरोबीचमा सहमति भएको हो । केही कुराहरु छन् । त्यसमा नौलो कुरा केही छैन हेर्नुस् । सबैसँग सल्लाह गरेर गर्ने कुरा हो । यो दुई पार्टीबीचको सहमति कुनै पार्टीको खिलाफमा होइन', उहाँले भन्नुभयो ।
सभापति देउवाले संविधान संशोधनको क्रममा उपराष्ट्रपतिलाई नै राष्ट्रिय सभाको अध्यक्ष बनाउन सकिने धारणा राख्नुभयो । तर, यस विषयमा पनि अन्य दलको सहमति लिएर अघि बढन तयार रहेको स्पष्ट पार्नुभयो ।
'अहिले पनि अब यो राष्ट्रिय सभाको अध्यक्ष को बन्ने ? यहि सहमति बन्छ भने उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने दुनियाँभरको चलन छ । यावत कुराहरुमा गर्ने गरेर अघि बढेको हो । त्यसकारण यी विषयमा दुईटा पार्टीबीच सहमति भएको छ', देउवाले भन्नुभयो ।
टिप्पणीहरू