क्याम्पसबाहिर बम पड्काउनेले दिए रमाइलो गरेको बयान

क्याम्पसबाहिर बम पड्काउनेले दिए रमाइलो गरेको बयान

दाङको घोराहीस्थित महेन्द्र बहुमुखी क्याम्पसमा बम विस्फोट गर्ने दुई जना पक्राउ परेका छन् । 

प्रहरीले सोही क्याम्पसमा अध्ययनरत अभियान थापा र सुभम कार्कीलाई नियन्त्रणमा लिएको हो । उनीहरुले रमाइलोका लागि बम पड्काएको बयान दिएको जिल्ला प्रहरी कार्यालय, दाङका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) रामप्रसाद तिमिल्सनाले बताए । 

‘क्याम्पसको पर्खालबाहिर बम पड्किएको हो । कुनै मानवीय क्षति भएको छैन् । हामीले उहाँहरुलाई नियन्त्रणमा लिइसकेका छौं ।  थापा सोही क्याम्पसका विद्यार्थी हुनुहुन्छ । कार्कीचाँहि विदेश जाने तयारीमा हुनुहुँदो रहेछ । सोधपुछका क्रममा उहाँहरुले रमाइलोको लागि बम पड्काएको भन्नुभएको छ । तर, वास्तविकता त्यस्तो देखिँदैन् । अनुसन्धान भइरहेको छ’,उनले भने । 

आज बिहान क्याम्पसबाहिर सुतली बम विस्फोट भएको थियो । प्रहरीले बम विस्फोट गराएर भाग्दै गर्दा दुई जनालाई समातेको हो ।

टिप्पणीहरू