रास्वपाद्वारा मुकुल ढकालको साधारण सदस्यता खारेज, पार्टीबाट निष्कासित
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निलम्बित महामन्त्री डा. मुकुल ढकाललाई साधारण सदस्यसमेत नरहने गरी निष्काशन गरेको छ । आज बिहान बसेको केन्द्रीय समिति बैठकले उनलाई उक्त कारबाही गरेको जानकारी दिइएको छ ।
यसअघि ३५ दिनको म्याद दिएर प्रष्टिकरणको मौका दिइएका ढकाललाई त्योभन्दा पहिले पार्टी अनुशासन र आचरण विपरीत गतिविधिको आरोपमा महामन्त्री र प्रवक्ताबाट हटाइएको थियो । पार्टी सभापतिलगायत शीर्ष नेतृत्वमाथि निरन्तर आरोप र लाञ्छना लगाएपछि अनुशासन आयोगले ढकाललाई पद र पार्टीबाट निष्कासन गर्न सुझाएको थियो ।
गत बुधबारको केन्द्रीय समिति बैठकले २४ घण्टे स्पष्टिकरण सोधेपछि उनले सभापति लामिछानेमाथि लागेका विभिन्न आरोप सत्य रहेको बताएका हुन् । दोहोरो नागरिकता र राहदानीपछि लामिछानेले सहकारीको करोडौं रकम हिनामिना गरेको ठहर गर्दै उनलाई जेल हाल्नुपर्ने बताएका थिए ।
टिप्पणीहरू